संसद्‍मा हाम्रो पहिलो प्राथमिकता भ्रष्टाचार अन्त्य गरेर सुशासन कायम गर्नु : आशिका तामाङ

हेटौंडा टुडे
२०८२ चैत्र ३, मंगलवार १३:०७ गते

हेटौंडा।  रास्वपा सांसद आशिका तामाङले संसद्‍मा आफूहरूको पहिलो प्राथमिकता भ्रष्टाचार अन्त्य गर्नु नै रहेको बताएकी छन्।

रास्वपाले आजदेखि सुरु गरेको सांसदहरूका लागि प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आशिका तामाङले यस्तो बताएकी हुन्। भ्रष्टाचार अन्त्य गरेर मुलुकम सुशासन कायम गर्नु नै आफ्नो मुल उद्देश्य भएको उनको भनाइ छ।

जनताको इच्क्षाअनुसार नै काम गर्ने उनले बताइन्। ‘हामी जनताको चाहनाअनुसार नै काम गर्ने हो,’ उनले भनिन्, ‘यस कारण संसद्‍मा हाम्रो पहिलो प्राथमिकता भनेको भ्रष्टाचार अन्त्य गरेर सुशासन कायम गर्नु हो।’ उनको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*