एकैदिन तोलामा २२ सय रूपैयाँ घट्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ चैत्र ४, बुधबार ११:२३ गते

हेटौंडा।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार २०० रुपैयाँ र चाँदीको मूल्य १८५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ९ हजार ९०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १८५ रुपैयाँले घटेर ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*