बिहीबार ५४ सयले घट्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ चैत्र ५, बिहीबार ११:१९ गते

हेटौंडा ।  नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन, बिहीबार (चैत ५) तोलामा ५४ सयले घटेको हो ।

आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुनबराबर तीन लाख दुई हजार २०० रुपैयाँ तिर्नुपर्नेछ ।अघिल्लो दिन तीन लाख सात हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य १४० रुपैयाँले घटेर तोलाको पाँच हजार १० रुपैयाँ कायम भएको छ।

बुधबार पाँच हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*