आज सुनको मूल्य ७ हजार ८०० रुपैयाँले घट्यो

हेटौंडा टुडे
२०८२ चैत्र ६, शुक्रबार ११:२२ गते

हेटौंडा । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात हजार ८०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ८९५ रुपैयाँ कायम भएको छ ।

हिजो (बिहीबार) एक तोला सुन ३ लाख २ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*