लमहीको विद्युत् सब–स्टेसनमा आगलागी, विद्युत आपूर्ति अवरुद्ध

हेटौंडा टुडे
२०८२ चैत्र ६, शुक्रबार १५:३६ गते

हेटौंडा । हावाहुरीका कारण विद्युत सर्ट हुँदा दाङको लमही को सब स्टेसनमा आगलागी भएको छ । लमहीस्थित १३२ केभी क्षमताको सबस्टेशन दिउँसो करिब साढे १ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।नेपाल विद्युत् प्राधिकरणअन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा अन्तर्गत पर्ने उक्त कन्ट्रोल हाउसमा शुक्रबार हावाहुरीपछि विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण सबस्टेसनबाट भइरहेको विद्युत् आपूर्ति अवरुद्ध भएको छ। समयमै दमकल पुगेकाले सहजै आगो निभाइएको र धेरै क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*