आज पनि घट्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ चैत्र १०, मंगलवार ११:२६ गते

हेटौंडा । नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेर २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँमामा किनबेच भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य तोलामा ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*