एकैदिन साढे १४ हजार रुपैयाँले बढ्यो सुनको भाउ

हेटौंडा टुडे
२०८२ चैत्र ११, बुधबार ११:२५ गते

हेटौंडा। केही दिनयता लगातार घट्दै आइरहेको सुनको भाउ बुधबार (चैत ११) ह्वात्तै बढेको छ । सुन तोलामा १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा चार सय १५ ले बढेको छ । उपभोक्ताले एक तोला सुन खरिद गर्न दुई लाख ८८ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ । हिजो प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा ४१५ रुपैयाँले बढेर चार हजार ९२० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*