प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ शीतल निवासमा सुरू

हेटौंडा टुडे
२०८२ चैत्र १३, शुक्रबार १२:४२ गते

हेटौंडा । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू भएको छ।

शाहलाई शुक्रबार (चैत १३) बिहान राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् । प्रतिनिधि सभामा बहुमत प्राप्त गरेपछि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका शाहले आजबाट औपचारिक रूपमा देशको कार्यकारी अधिकार सम्हालेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*