पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

हेटौंडा टुडे
२०८२ चैत्र १६, सोमबार १२:१८ गते

हेटौंडा ।  पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । खड्कालाई सीआईबीको टोलीलाई आइतबार पक्राउ गरेको थियो ।

विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो । गएराति साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो । निरन्तर बान्ता भएपछि नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो ।

अहिले शिक्षण अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*