संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

हेटौंडा टुडे
२०८२ चैत्र १७, मंगलवार ११:२० गते

हेटौंडा । संसद् सचिवालयले सरकारको सिफारिसअनुसार संघीय संसद्को अधिवेशनअघि सर्वदलीय बैठक आह्वान गरेको छ। प्रतिनिधिसभाबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ।

सर्वदलीय बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन्।

प्रतिनिधिसभाको पहिलो बैठकले सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउनेछ। त्यस्तै, राजनीतिक दलहरूले चाहेको खण्डमा शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने चलन पनि रहनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*