हेटौंडा । नेकपा एमालेका केन्द्रीय सदस्य देवि ज्ञावलीले निर्वाचन परिणामबाट पार्टीलाई लागेकाे धक्काकाे धर्यतापूर्वक सामना गर्दै उठ्ने र अगाडि बढ्ने बताउनु भयाे । मकवानपुरगढी गाउँपालिका कमिटीद्वारा नेकपा एमाले मकवानपुरका सल्लाहकार परिष्द्का तत्कालिन अध्यक्ष तथा पुराना कम्युनिष्ट नेता स्वर्गीय बलराम हुँमागाईँकाे बार्षिक स्मृतिमा आयाेजित श्रद्वाञ्जली कार्यक्रमलाई सम्बाेधन नेता ज्ञवालीले बताउनु भएकाे हाे ।
बालेन सरकारले छाेटाे समयमा नै राष्ट्रियता, लाेकतन्त्र, विकास र समृद्विप्रति घात गरेकाे बताउँदै सफलतामा हाैसिने र असफलतामा आत्तिने पार्टी नेकपा एमाले हाेईन भन्दै वर्तमान सरकारले बाहिर नबाेल्ने भित्र आत्मर्पण गरेकाे बताउनु भयाे । उहाँले सरकारकाे गलत रवैयाकाे कारण जनतालाई न्याउरी मारी पछुताे भएकाे दावि गर्दै हाम्राे देश र जनताप्रतिकाे निष्ठा, त्याग र समर्पणले फेरि उठ्ने छाैँ भन्नुभयाे । उहाँले निरंकुश पंचायती व्यवस्थाकाे कठिन समयमा पार्टी विस्तारमा स्व. कमरेड बलराम हुँमगाईकाे महत्वपूर्ण याेगदान रहेकाेे चर्चा गर्दै काममा विश्वास गर्ने पददेखि टाढा रहने व्यक्तित्व रहेकाे उल्लेख गर्नुभयाे ।
त्यस्तै अर्का केन्द्रीय सदस्य रामेश्वर रानाले पार्टी जीवनलाई व्यवस्थित बनाउँदै श्रमजिवि मजदुर वर्गकाे हित र लाेककल्याणकारी कार्य, सामाजिक र आर्थिक रूपान्तरणलाई पार्टीले प्राथमिकता दिएकाे बताउँनु भयाे ।
आज मुलुककाे अगाडि राष्ट्रियता , संविधान र लाेकतन्त्रमाथी अतिक्रमण भईरहेकाेले जनताकाे रगतसंग साटेर ल्याएकाे उपलब्धिलाई रक्षाकाे लागि जनतालाई थप संगठित गर्नुपर्ने बताउँनु भयाे । स्व. बलराम हुँमागाई असल कम्युनिष्ट नेता भएकाे बताउँदै उहाँकाे राजनीति र सामाजिक रूपमा पुर्याउनु भएकाे याेगदानकाे चर्चा गर्नुभयाे । कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा आयाेगका सदस्य नवीन सिग्देलले पार्टी कार्यकर्ताले एकजुट भएर आ-आफ्नाे जिम्मेवारी बहन गरेर पार्टी जीवन बलियाे बनाउनु पर्ने र स्व. हुमागाईँकाे आदर्श र याेगदानलाई कम्युनिष्ट कार्यकर्ता अनुशरण गर्नुपर्ने बताउनु भयाे ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य निर्मला देवकाेटा, जिल्ला सचिव सीता विष्ट, जिल्ला सदस्यहरू विदुर हुँमागाईँ, मेम्बर लाे, खिलप्रसाद चाैलागाई, रामजी सापकाेटा, जिल्ला सल्लाहकार परिषद्का अध्यक्ष चेतनाथ खतिवडा, बलराम हुँमागाई फण्डेसनका अध्यक्ष तथा उनका जेठा छाेरा विजय हुँमागाईकाे लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा स्व. हुँमागाईका समकालीन मित्रहरू अर्जुन हुँमागाई, राेमप्रसाद न्याैपाने र हरि अधिकारीले स्व. बलराम हुँमगाईकाे बाल्यकाल, राजनीतिक र सामाजिक पृष्ठभूमी र याेगदानबारे बिस्तृत चर्चा गर्नु भएकाे थियाे ।
कार्यक्रममा बलराम हुँमागाई फाउण्डेसनकाे तर्फबाट नेपाल पाेलिटेक्निक ईष्टिच्युटमा भेटनरी विषय अध्ययनरत गरिव, जेहेन्दार विध्यार्थी गाेकर्ण दाहाललाई २० हजार नगद छात्रवृत्ति समेत प्रदान गरिएकाे थियाे । श्रद्वाञ्जली कार्यक्रम मकवानपुरगढी गाउँपालिका कमिटीकाे अध्यक्ष जीतबहादुर घिमीरेकाे अध्यक्षतामा भएकाे हाे ।




















