बीपी विचार समाजको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

हेटौडा टुडे
१६ पुष २०७७, बिहीबार १९:२१

हेटौंडा । ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बीपी विचार समाज मकवानपुरले हेटौंडामा बीपीको दृष्टिकोण र राष्ट्रिय मेलमिलाप बिषयक जिल्ला स्तरीय अन्तर क्याम्पस खुल्ला वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

बिहीबार हेटौंडा ४ मा रहेको हेटौंडा क्याम्पसमा भएको वक्तृत्वकला प्रतियोगितामा हेटौंडा क्याम्पसका राजिव फुयाँल प्रथम भएका छन् भने नारायणी कलेजकी निलम भट्ट द्वितिय र हेटौंडा क्याम्पसकी कमली तामाङ तृतिय भएकी छन् । यसैगरी हेटौंडा स्कुल अफ म्यानेज्मेन्टका उदयराज अधिकारी र प्रतिक कोइराला सान्त्वन भएको समाजका सचिव र पौडेलले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुनेहरुले क्रमशः तीन हजार, दुई हजार, एक हजार र पाँच पाँच सय नगद सहित प्रमणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको निर्णायकहरुमा कृष्ण प्रसाद दहाल, राजबाबु पहाडी रहेका थिए । समाजका अध्यक्ष विनोद चन्द्र कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहाकार माइकल रामचन्द्र अर्याल, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता एवम समाजका उपाध्यक्ष प्रदिप कोइराला, जिल्ला सदस्य इन्दिरा न्यौपाने, नारायणप्रसाद लम्साल, माधव आचार्य लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*