अदालत परिसरमा भएको बारको ३ दिने धर्ना सकियोे

हेटौंडा टुडे
२०७८ कार्तिक ३०, मंगलवार १३:१८ गते

हेटौँडा/ प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनमा माग गर्दै हेटौंडाका कानुन व्यवसायीहरुले मंगलबार पनि विरोध प्रर्दशन गरेका छन् ।

मकवानपुर जिल्ला अदालत बार एसोसिएसन र उच्च अदालत पाटन हेटौंडा बारले अदालत परिसरमै संयुक्त रुपमा विरोध प्रदर्शन गरेको हो । केन्द्रिय बारको निर्णय अनुसार कात्तिक २८, २९ र ३० गते ३ दिन बिहान १० बजेदेखि १२ बजेसम्म अदालत परिसरमा वकीलहरुले धर्ना दिएका थिए ।

केन्द्रिय बारको परिपत्रअनुसार आइतबारबाट बिहान १० बजेदेखी १२ बजेसम्म कालो पट्टी बाँधेर बारले अदालत अगाडि धर्ना दिँदै आएको मकवानपुर जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष ऋषी केबीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*