हेटौँडा/ मकवानपुरमा बुधबार कोरोना पुष्टि हुनेको संख्या ८ रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले बुधबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २६ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ८ रहेको हो।आजको संक्रमित दर ३० प्रतिशत रहेको छ।
मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५४३७ रहेको छ।त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या ४ रहेको छ।
सेयर गर्नुहोस्






















