हेटौँडा/ मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसोः प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एकरदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, रातिः प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एकरदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरुका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
सेयर गर्नुहोस्






















