एमाले सचिवमा महेश बस्नेतको उम्मेदवारी घोषणा

हेटौंडा टुडे
२०७८ मंसिर ७, मंगलवार १५:३५ गते

हेटौँडा/ नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं युवा संघ इन्चार्ज महेश बस्नेतले सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । रिपोर्टर्स क्लबमा उनले आसन्न दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । महाधिवेशन प्रतिनिधिबाट आफुले अत्याधिक मत हासिल गर्दै विजयी हुने दावी उनको छ । उनले केपि शर्मा ओली सर्वसम्मत अध्यक्ष बन्ने भन्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई नेता बस्नेतले उम्मेदवारी फिर्ता गर्न सुझाव समेत दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*