प्रचण्ड एमाले महाधिवेशन उदघाटनमा नजाने

टुडे संवादाता
२०७८ मंसिर ९, बिहीबार १४:०८ गते

हेटौंडा/भोली हुने नेकपा एमालेको १० औं महाधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’उदघाटनमा नजाने भएका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष ज्युको पूर्वनिर्धारित कार्यक्रम काभ्रेमा रहेकोले शुक्रबार चितवन जान नसक्ने बताएका हुन ।

प्रचण्डले भोली काभ्रेपलाञ्चोकमा हुने दुईवटा कार्यक्रमलाई सम्बोधन गर्ने प्रचण्डको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सहित गठबन्धन दलका शीर्षस्थ नेता एमाले महाधिवेशनमा उदघाटन कार्यक्रमलाई सम्बोधन गर्न चितवन जाने भएका छन।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*