जाजरकोट बस दुर्घटनाका मृतकको शनाखत

हेटौंडा टुडे
२०७८ मंसिर १२, आईतवार १०:४४ गते

हेटौँडा/ जाजरकोटमा दुर्घटनाग्रस्त भएको बसमा मृत्यु हुनेको शनाखत भएको छ।

दुर्घटनामा ज्यान गुमाउनेमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ बर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ बर्षीया अनिला नेपाली र सप्तरीका ४० बर्षीया गंगाराम यादव रहेका छन। त्यसैगरी दुर्घटनामा चालकसहित २८ जना घाइते भएको र घाइते सबैको उद्धार गरी अस्पताल पठाइएको र गम्भीर घाइते ३ जनालाई हेलिकप्टर मार्फत नेपालगञ्ज पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी मधुकुमार थापाले बताएका छन।शनिबार राति नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस जाजरकोटको भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा परेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*