काँग्रेस महाधिवेशनमा उम्मेदवारी दिने मिति हेरफेर

हेटौंडा टुडे
२०७८ मंसिर १४, मंगलवार ०८:०८ गते

हेटौँडा/ नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनको उम्मेदवारी दर्ताको मिति परिवर्तन भएको छ । यसअघि प्रदेश अधिवेशनका लागि मङ्सिर १५ गते उम्मेदवारी दर्ताको मिति तोकिएकोमा अब १७ गते हुने भएको छ । काँग्रेस केन्द्रीय महाधिवेशन निर्वाचन समितिका सचिव केशव रिजालले मङ्सिर १६ गते प्रदेश अधिवेशन उद्घाटन हुने र त्यसको भोलिपल्ट अर्थात् १७ गते मात्रै उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको जानकारी दिए ।

उनले केन्द्रीय महाधिवेशनको उम्मेदवारीको मितिपनि परिवर्तन भएको बताए । सचिव रिजालले यसअघि निर्वाचन समितिले उद्घाटन अघि नै मङ्सिर २१ गते नै उम्मेदवारी दर्ताको मिति तोकेकोमा अब मङ्सिर २५ गतेका लागि तय भएको बताए । सचिव रिजालले महाधिवेशनको कार्यतालिकामा सामान्य संशोधन भएको भएपनि अन्य सबै कार्यक्रम तोकिएकै मिति र कार्यक्रम अनुसार हुने पनि प्रष्ट पारे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*