मकवानपुरका एसपी गुरुङको १७ बुँदे प्राथमिकता

हेटौंडा टुडे
२०७८ मंसिर १५, बुधबार १६:२१ गते

हेटौँडा/ भर्खरै सरुवा भएर मकवानपुर आएका प्रहरी उपरीक्षक (एसपी)  सुरेन्द्र बहादुर गुरुङले मकवानपुर प्रहरीको १७ बुँदे प्राथमिकता सार्वजनिक गरेका छन।बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रेस मिटको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरको १७ बुँदे प्राथमिकता सार्वजनिक गरेका हुन।

उनले आफु प्रहरी प्रमुख भएर मकवानपुर रहदा लागुऔषध नियन्त्रण,जिल्लाको शान्ति शुरक्षा,घरेलु मदिरा नष्ट,यौन व्यवसाय नियन्त्रण कोरोना भाइरस नियन्त्रणको प्रभावकारी व्यवस्था लगायतका १७ बुँदे प्राथमिकता सार्वजनिक गरेका हुन।

पत्रकार सम्मेलनमा बागमती प्रदेशका महासचिव कृष्ण सारुमगर,पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम लगायत अन्य पत्रकारले जिल्ला प्रहरी कार्यालय मकवानपुरले गर्नु पर्ने कामलाई चुस्तदुरुत राख्न अनुरोध गरेका थिए भने जिल्ला प्रहरी कार्यालयबाट जारी हुने सुचना पत्रकारलाई छिटो छरितो ढङ्गबाट प्रदान गर्न भनेका थिए।

पत्रकार सम्मेलनका नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगर,पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम पुर्व अध्यक्ष राममणि दाहाल,हरी हुमागाई,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल लगायत मकवानपुरे पत्रकारको सहभागिता रहेको थियो।

यस्तो छ गुरुङ नेतृत्व मकवानपुर प्रहरीको १७ बुँदे प्राथमिकता

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*