नेप्से मंगलबार पुन: गिरावट, कारोबार रकम कति ?

टुडे संवादाता
२०७८ मंसिर २१, मंगलवार १६:५४ गते

हेटौंडा/नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार पुन: गिरावट आएको छ । सोमबार भने ३२ अंकले बढेको नेप्सेमा उच्च उतारचढाव हुँदै कारोबारको अन्त्यमा ३७ अंकको गिरावट देखिएकाे हो ।

मंगलबार नेप्सेमा ३७.१८ अंक अर्थात १.४६ प्रतिशत गिरावट भएको छ । बजार बन्द हुँदा नेप्से परिसूचक २५०८.०९ अंकमा ओर्लिएको हो । नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ६.५८ अंक अर्थात् १.४२ प्रतिशतले घटेको छ । मंगलबारको कारोबारमा २ सय ३१ कम्पनीका सेयर ४९ हजार ७ सय ४१ पटक कारोबार भएको छ ।

मंगलबार ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रूपैयाँ बराबरको कारोबार हुँदा ८३ लाख ३० हजार ९३ कित्ता सेयर कारोबार भएको छ ।  मंगलबारको कारोबारमा २६ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १ सय ६० कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*