नवनिर्वाचित सभापति देउवालाइ वरिष्ठ नेता पौडेलको बधाई

टुडे संवादाता
२०७८ मंसिर २९, बुधबार १४:५१ गते

काठमाडौं /नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वचित भएका शेरबहादुर देउवालाई हार्दिक बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । नेता पौडेलले आज दिएका बधाई सन्देशमा सबैलाई समेटेर सशक्त र एकतावद्ध काँग्रेस निर्माणमा सभापतिको ध्यान पुग्ने नै छ भन्दै लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ, ‘‘एकातिर सात दशक लामो सङ्घर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानसभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त भैसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् । यी दुबै सङ्कटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*