हेटौंडा । मकवानपुरको १० वटै स्थानीय तहमा आजबाट १२ वर्ष देखि १७ वर्षसम्मको बालबालिकाहरुलाई कोरोना भाइरस ९कोभिड० विरुद्धको मोडर्ना खोप लगाईने भएको छ ।
जिल्ला स्वास्थय कार्यलय मकवानपुर अनुसार १० वटै स्थानीय तहमा बालबालिकाहरुलाई विद्यालयमै खोप लगाउने व्यवस्था मिलाईएको छ । विद्यालय नगएका छुट भएका बालबालिकाहरुलाई स्वास्थ्य संस्थाबाट खोप लगाउन मिल्ने वातावरण व्यवस्था गरिएको छ ।
कार्यलयका अनुसार जिल्लामा १२ वर्ष देखि १७ वर्षसम्म खोप लगाउने लक्षित बालबालिकाको संख्या करिब ५५ हजार रहेका छन् । बालबालिकालाई खोप लगाउने कार्यक्रम आजबाट ४,५ र ६ गते तीन दिन अभियान चल्ने र बाँकी छुटफुट भएकालाई स्थानीय तहले १३ गते सम्म चलाउन सक्ने स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैबिच आजबाट जिल्लामा बालबालिकाहरुलाई लगाईने मोडर्ना खोपको उद्घाटन नेपाल सरकारका स्वास्थ्य मन्त्री विरोध खतिवडाको प्रमुख आतिथ्यतामा हेटौंडाबाट सुरु गरिने कार्यलयले जनाएको छ ।






















