नेकपा माओवादी केन्द्रको महाधिवेशन दुई दिन लम्बिने

टुडे संवादाता
२०७८ पुष १३, मंगलवार १४:२३ गते

हेटौंडा/ नेकपा माओवादी केन्द्रको महाधिवेशन दुई दिन लम्बिने भएको छ । गएको आइतबारदेखि सुरु भएको महाधिवेशनको समय माओवादीले दुई दिन थप गरेको हो ।

पुस १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएकाले दुई दिन थप गर्ने निर्णय भएको माओवादीले जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुले समय माग गरेका कारण महाधिवेशन लम्ब्याउने निर्णय गरिएको माओवादी नेताहरुले स्थायी कमिटी बैठकपछि बताएका हुन् । सकेसम्म पुस १६ गते नभए १७ गते महाधिवेशन सक्ने गरी निर्णय भएको हो ।

माओवादी महाधिवेशनमा मंगलबारदेखि प्रचण्डको प्रतिवेदनमा २५ समूहमा छलफल भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*