हेटौंडा/मकवानपुरगढी गाउँपालिकाले रैथाने वाली (कोदो र फापर )को परिकार बनाउने तालिम सन्चालन भएको छ । गाउँपालिका भित्र दर्ता भइ संचालनमा रहेको होमस्टे , रेष्टुरेन्ट र खाजाघरका सञ्चालकाहरुलाई रैथाने बालिको विभिन्न परिकार बनाउने तालिम हुन लागेको हो ।
गाउँपालिकाले एक सुचना जारि गर्दाै तालिममा सहभागी हुनेहरुले माघ ८ गते सम्ममा आवश्यक कागजपत्र सहित गाउँपालिकाको कृषि विकास शाखामा निवेदन दर्ता गराउनु पर्दछ । निवेदन सगैं नागरिक प्रमाणपत्रको प्रतिलिपि, आफुले संचालन गरेको व्यवसायीक दर्ता प्रमाणपत्र , करयुक्त पत्रको प्रतिलिपी र सम्बन्धित वडा कार्यालयको सिफारिस समेत आवश्यक रहेको उक्त सुचनामा उल्लेख गरिएको छ ।
यो सुचना हेनुहोस
सेयर गर्नुहोस्






















