बागमतीमा स्काउट फ्रेन्डसीप क्याम्प सुरु

हेटौंडा टुडे
२०७८ पुष २५, आईतवार १३:३२ गते

हेटौँडा/ मकवानपुरको बागमती गाउँपालिका–१, माझगाउँस्थित सूर्य माविमा तीन दिने स्काउट फ्रेन्डसीप क्याम्प सुरु भएको छ । क्याम्पमा बागमती गाउँपालिकाका तीन विद्यालय र थाहा नगरपालिकाका दुई गरी पाँच विद्यालयका १ सय ६६ जना विद्यार्थी सहभागी रहेको क्याम्प संयोजक तथा स्काउट शिक्षक राजकुमार राईले जानकारी दिए । यस्तै सूर्य माविको आयोजना तथा बागमती गाउँपालिका वडा नम्वर १ को आर्थिक सहयोग क्याम्प सुरु भएको सूर्य माविका पूर्व प्रधानाध्यापक प्रमोद राईले जानकारी दिए ।

क्याम्पको अवधिमा टनेल, वाकिङ अन द ब्याम्बो, टच द टार्गेट, टायर क्रसिङ, बिम क्लाइम्बिङ, सुपर म्यान, ओमेगा जम्प, मंकी ब्रिज, टायर चिम्नी लगायतका नौ प्रकारका साहसिक खेलहरुको अभ्यास गराउने जनाइएको छ । यस्तै, डोरी, हाजिरीजवाफ, नृत्य, मार्च पासलगायतका चार प्रकारका प्रतियोगिता गरिरहेकोे क्याम्प निर्देशक नरेश अवालेले जानकारी दिए । हिजो शुक्रबारदेखि सुरु भएको क्याम्प आइतबारसम्म सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*