हेटौँडा/ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मंगलबार पश्चिमी न्यून चापीय प्रणालीको कारण मौसम बदली भई देशका केही स्थानमा पानी पर्ने संभावना रहेको छ। प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू-भागहरुमा आंशिक बदली को अवस्था रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागि रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
सेयर गर्नुहोस्






















