वडाबासीको चाहना अनुसार काम गर्छु : अध्यक्ष रायमाझी

हेटौंडा टुडे
२०७९ जेष्ठ ९, सोमबार १७:३२ गते

थाहा नगर/थाहा नगरपालिका वडा नं. ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले वडाबासीको चाहना अनुसार काम गर्ने बताउनुभएको छ ।सोमबार वडा कार्यालय विकास घर शिखरकोटामा भएको पदस्थान, स्वागत तथा बिदाई कार्यक्रममा अध्यक्ष रायमाझीले निर्वाचनका क्रममा वडा बासीहरुले दिएको सबै मतको कदर गर्ने समेत बताउनुभयो ।रायमाझीले आफुसंगै उम्मेद्वारी दिएका अध्यक्षका प्रत्यासीहरु, पूर्व जनप्रतिनिधिहरु, स्थानीय समाजसेवी, आम नागरिकको सल्लाह बमोजिम कार्य गर्ने समेत बताउनुभयो ।रायमाझी नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार भई अध्यक्ष पदमा निर्वाचित भएका थिए ।निवर्तमान वडा अध्यक्ष राजेश के.सी.ले नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत सहित शुभकामना दिँदै वडाको विकासमा सक्दो सहयोग गर्ने बताउनुभयो ।कार्यक्रममा वडा अध्यक्षका प्रत्यासी नेकपा एमालेका सुजन कुमार रायमाझीले वडामा हुने विकासका कार्यमा साथ दिने र शसक्त प्रतिपक्षको भूमिकामा रहने बताउनुभयो ।त्यस्तै अध्यक्षका अर्का प्रत्यासी राष्ट्रिय जनमोर्चाका दिनेश बिष्टले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिँदै सकारात्मक कार्यका लागि सधै सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व वडा अध्यक्ष, सदस्यहरुलाई मायाको चिनो सहित बिदाई गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*