हेटौंडा | चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ ।
जेमिनको रक्त क्यान्सरका कारण शरीरका विभिन्न अंगले काम गर्न छाडेपछि निधन भएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।उपचारकै क्रममा बुधबार दिउँसो सांघाईमा उनको निधन भएको जनाइएको छ । उनी ९६ वर्षका थिए ।
जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति थिए । उनीपछि चीनमा हु जिनताओले शासकीय जिम्मेवारी सम्हालेका थिए । जियाङ जेमिन सन् १९९६ मा नेपाल आएका थिए ।२०५३ साल मंसिर २० गते जेमिन नेपाल भ्रमणमा समेत आएका थिए ।
सन् १९८४ मा चीनबाट राष्ट्रपतिस्तरबाट भ्रमणको सुरुवात भएको थियो । ली सियन नियन नेपाल आउने पहिलो चिनियाँ राष्ट्रपति हुन् भने वर्तमान राष्ट्रपति सी तेस्रो । राष्ट्रपति सी ३ वर्षअघि नेपाल भ्रमणमा आएका थिए ।
सेयर गर्नुहोस्


















