चीनबाट जापान जाने यात्रुको कोभिड परीक्षण गरिने

हेटौंडा टुडे
२०७९ पुष १२, मंगलवार १४:४३ गते

हेटौंडा| जापानले कोरोना भाइरसको फैलावट रोक्न चीनबाट आउने यात्रुमाथि प्रतिबन्ध थप कडा बनाउने निर्णय गरेको छ ।जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशमा कोभिड–१९ को बढ्दो केसलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको बताएका छन् ।

अबदेखि, चीनबाट यात्रुहरू जापान आइपुगेलगत्तै कोभिडको परीक्षण गरिनेछ । रिपोर्ट पोजेटिभ आउने यात्रुलाई सात दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

नयाँ प्रतिबन्धहरू डिसेम्बर ३० (शुक्रबार) देखि लागू हुनेछन् । चीन र जापानमा कोभिड–१९ संक्रमितको संख्या लगातार बढिरहेको छ ।

अर्कोतर्फ, चिनियाँ सञ्चारमाध्यममा आएको रिपोर्ट अनुसार फाइजरले बनाएको कोभिड–१९ को रोकथामको ट्याब्लेट राजधानी बेइजिङका सबै अस्पतालमा उपलब्ध गराइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*