टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परी मुत्यु हुनेको संख्या ३७ सय पुग्यो

हेटौंडा टुडे
२०७९ माघ २४, मंगलवार ११:०३ गते

हेटौँडा| टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परी मुत्यु हुनेको संख्या ३ हजार सात सय पुगेको छ ।

अहिलेसम्म टर्कीमा २३ सय भन्दा धेरै र सिरियामा १४ सय भन्दा धेरै मानिसको मृत्यु भएको हो । १४ हजारभन्दा धेरै घाइते भएका छन् भने कैयौं बेपत्ता छन् । राति सबैजना सुतेका बेला पहिलो पटक ७ दशमलव ८ रेक्टर स्केल र दोस्रो पटक ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

अहिले खोजि, उद्धार तथा राहतको काम भईरहेको त्यहाँको सरकारले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*