न्यूजिल्याण्डमा ६.१ रेक्टर स्केलको भूकम्प

हेटौंडा टुडे
२०७९ फाल्गुन ३, बुधबार १५:३० गते

हेटौंडा|न्यूजिल्याण्डमा ग्याब्रियल चक्रवातपछि बुधबार बिहान भूकम्प गएको छ । रेक्टर स्केलमा यसको तीव्रता ६.१ मापन गरिएको थियो ।

भूकम्पको केन्द्रबिन्दु ५७ देखि ७६ किलोमिटर गहिराईमा रहेको परम्परामु टापुबाट ५० किलोमिटर उत्तर-पश्चिममा रहेको बताइएको छ ।

न्युजिल्यान्डको सिभिल डिफेन्स एजेन्सीले भूकम्पका कारण कुनै पनि मानवीय वा सम्पत्तिको क्षति भएको समाचार नआएको जनाएको छ । तर, भूकम्पका कारण करिब १०–२० सेकेन्डसम्म हल्लाएको स्थानीयले बताएका छन् । भूकम्पबाट भएको नोक्सानको विवरण भएन आइसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*