हेटौंडा|बिहान उठ्ने बित्तिकै त्यस्ता फलफूल खानुपर्छ जसले पेटमा एसिड उत्पादन गर्दैनन् । मेवा पनि त्यस्तै एउटा फल हो ।
जो फाइबरले भरिपूर्ण हुन्छ र यसले पेटलाई चिसो पार्नुका साथै पाचन प्रक्रियालाई पनि बलियो बनाउन मद्दत गर्छ ।
मेवामा प्रोटियोलाइटिक जस्तो तत्व हुन्छ जसले शरीरमा भएको पिडालाई कम गर्ने काम गर्छ । यसमा प्रचुर मात्रामा एन्टीइन्फ्लामेटरी गुण हुन्छ जसले शरीरमा हुने कुनै पनि प्रकारको पिडालाई कम गर्न मद्दत गर्छ ।
शरीरमा घाउहरु वा चोटपटक लागेको छ भने पनि मेवा खानु फाइदाजनक हुन्छ । यसले घाउहरुलाई छिटो निको पार्न मद्दत गर्छ ।
मेवा कब्जीयतमा पनि फाइदाजनक छ । यसले कब्जीयत कम गरी दिशा खुलाउने काम गर्छ । नियमित बिहान खाली पेटमा मेवाको सेवन गर्नाले एसिडिटी र पेटको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
पेटको रोगलाई निको बनाउने यो एउटा आयुर्वेदिक उपचार विधि जस्तै पनि हो । गर्मीमा मेवा खानु अझै फाइदाजनक मानिन्छ । किनकी यसले शरीरको तापक्रमलाई घटाउने काम गर्छ जसले गर्दा डिहाइड्रेशन तथा गर्मी कम हुन्छ ।


















