पछिल्लो २४ घण्टामा ४२ जना नयाँ कोरोना संक्रमित

हेटौंडा टुडे
२०७९ चैत्र १६, बिहीबार १७:५२ गते

हेटौंडा | पछिल्लो २४ घण्टामा नेपालमा ४२ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

९ सय १५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३ सय पीसीआर परीक्षण गर्दा ३७ जना र ६ सय १५ एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ सय २३ रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*