थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा टुडे
२०८० बैशाख ८, शुक्रबार १७:०२ गते

हेटौंडा|पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

सो अवधिमा १ हजार ८८३ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, योसँगै सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*