वर्षाको कारण नेपाल र युएईबीचको फाइनल खेल रोकियो

हेटौंडा टुडे
२०८० बैशाख १८, सोमबार १४:३२ गते

हेटौंडा|वर्षाको कारण एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल रोकिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको नेपाल र युएईबीचको फाइनल खेल वर्षाको कारण रोकिएको हो ।

टस हारेर ब्याटिङ गरिरहेको युएईले १६ ओभरमा पाँच विकेटको क्षतिमा ६० रन बनाएको छ ।

नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले एकएक विकेट लिएका छन् ।

नेपाल युएईलाई पराजित गर्दै एसिया कप खेल्ने लक्ष्यमा छ । पानी रोकिएपछि खेल पुनः सुरु हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*