सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

हेटौंडा टुडे
२०८० बैशाख २४, आईतवार १४:४५ गते

हेटौंडा|नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ ।

जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आइतबारका लागि तोकिएको पेसी स्थगित भएको छ ।

आइतबार सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो । तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*