हेटौडा – ७ न्युरेनी चिसापानीको पशुपतिनाथ मन्दिरमा शिवपुराण हुने

हेटौंडा टुडे
२०८० जेष्ठ १०, बुधबार ११:०६ गते

हेटौंडा।  हेटौंडा -७ न्युरेनी चिसापानीमा रहेको पशुपतिनाथ मन्दिरमा शिवपुराण ज्ञान यज्ञ हुने भएको छ। जेठ ११ गते बिहीबारबाट जेठ २१ गते सम्म शिवपुराण ज्ञान यज्ञ हुने भएको हो । प्रमुख कथावाचक मनिष शरण खनाल र उप वाचक जिब्राज बख्रेलको मुखारबिंदुबाट शिवपुराण कथा वाचन र संगितमय भजन कीर्तन हुने मन्दिर संरक्षण समिति तथा शिवपुराण ज्ञान यज्ञ मूल सामारोह समिति संयोजक कृष्ण प्रसाद घिमिरेले बताएका छन्। मन्दिर क्षेत्रलाइ धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न शिवपुराण ज्ञान यज्ञको आयोजना गरिएको घिमिरेले बताएका छन्। जेठ ११ गते विहान कलश यात्रा, १२ गते नृत्य पूजा,हवन,कथावाचक,१२ गतेबाट २१ गते सम्म कथावाचक, २० गते शिवलिंगमा १ हजार बेल पुष्प अर्पण,२१ गते सामूहिक व्रतबन्ध कार्यक्रम रहेको घिमिरेले बताएका छन्।मकवानपुरगढी वडा नम्बर ३ र हेटौडा(७ को सामानामा अवस्थित यस मन्दिर क्षेत्रमा हाल पर्यटनलाई प्रवर्द्धनका लागी मनकामना मन्दिर जान सिडिको निर्माण भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*