नेपालमै आयुर्वेद सेवाको पहिलो पटक मकवानपुरबाट न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनको सुरुवात

हेटौंडा टुडे
२०८० जेष्ठ १७, बुधबार १३:२६ गते

हेटौंडा| नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृतआयुर्वेद सेवाको पहिलो पटक मकवानपुरबाट न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनको ( Minimum Service Standards (MSS) for Ayurveda Health Center)को सुरुवात भयको छ।

Minimum Service Standards (MSS) for Ayurveda Health Center को मापन कार्यमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले अङ्क ५१.८७ प्रतिशत ल्याउन सफल भएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट हाल दैनिक ओ.पि.डी.सेवा, विशेषज्ञ ओ.पि.डि. सेवा, पूर्वकर्म तथा पञ्चकर्म सेवा, निशुल्क औषधी वितरण, सशुल्क फार्मेसी संचालन ,निशुल्क योग परामर्श सेवा,जेष्ठ नागरीक सेवा, स्तनपायी कार्यक्रम, प्रयोगशाला सेवा, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, शल्य सेवा(क्षारसुत्र सेवा,अग्नी कर्म )सेवाहरु उपलब्ध हुँदै आएको छ।यस कार्यालयबाट मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम समेत शुरु भएको छ ।स्वास्थ्य निर्देशनालयले सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा दुई दिन लगाएर न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन गरेको छ।

स्वास्थ्य मन्त्रालयका सचिव श्री बद्री बहादुर खड्का र निर्देशक श्री महेश्वर श्रेष्ठबाट आयुर्वेद कार्यालयहरुको सहि मूल्याकन हुने ,मकवानपुरबाट सुरु गर्दै बागमती प्रदेशका सबै जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रको मूल्याकन गर्ने र गुणस्तरीय सेवा प्रवाहमा टेवा पुर्याउने बताउनु भयो।साथै आयुर्वेद स्वास्थ्य केन्द्रको लागी आवश्यक मापदण्ड पुरा गर्न आवश्यक सहयोग स्वास्थ्य मन्त्रालयले गर्ने पनि उनले बताए।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले पञ्चकर्मका सम्पूर्ण सेवाहरु र जिवनशैली परिवर्तनका कार्यक्रमहरु गर्दै आएको छ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको नयाँ भवन निर्माण कार्य शुरु भईरहेको हुँदा नयाँ भाडाको घरबाट सेवा उपलब्ध गराईरहेको छ।भाडाको घरमा कोठाहरु प्रयाप्त नभएकाले र भर्खरै मात्र सरेको हुनाले सेवाहरु सञ्चालन गर्न कठिनाई भएको र विस्तारै व्यवस्थापनको क्रममा रहेको कार्यालय प्रमुख डा. ललिता पाण्डेले बताए।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्रमुख डा. ललिता पाण्डेले सिंगो टिमको पहिलो पटक सहि मूल्यांकन भएकोबताए।यस मूल्यांकनमा प्राप्त भएका सुझावहरुलाई परिस्कृत गर्दै लिएर जाने र आगामी छ महिना पछिको मूल्यांकनमा अझ उत्कृष्ट अङ्क ल्याउन सबै कर्मचारीहरुबाट प्रत्यत्न गर्ने जानाकारी दिए। नेपालमा नै पहिलो पटक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट आयुर्वेद संस्थाहरुमा MSS मापन कार्यक्रम शुरुवात गरिएकोमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालय परिवारप्रति हार्दिक आभार व्यक्त गरे

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*