भीमफेदीमा सवारी दुर्घटना

हेटौंडा टुडे
२०८० असार ५, मंगलवार १७:१६ गते

हेटौंडा| भीमफेदी गाउँपालिका वडा नम्वर ८ गगटेस्थित आज दिउँसो सवारी दुर्घटना भएको छ ।

दिउँसो १ः४५ बजेको समयमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बीएसी ०५३७ नम्वरको कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खोचमा खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, उक्त कारमा दुई जना सवारी थिए । तीमध्ये दुर्घटनामा परेर भीमफेदी–५ बस्ने अन्दाजी ४५ वर्षीय राजकुमार बल घाइते भएका छन् । घाइते उनको छातीमा चोट लागेको र अवस्थामा मध्यम रहेको छ ।

उनलाई उपचारको लागि हेटौंडातर्फ ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यस्तै, कार चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, बसामाडी बस्ने अन्दाजी ३० वर्षीय बिबेक लामा भने बिच भागतिर अड्किएको अवस्थामा रहेको र उनको उद्दार कार्य भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*