बागमती प्रदेशमा डेंगुका ४२ हजार बिरामी

हेटौंडा टुडे
२०८० असार ७, बिहीबार ११:२६ गते

हेटौंडा| बागमती प्रदेशमा आर्थिक वर्ष २०७९/०८० मा डेंगुका ४२ हजार बिरामी फेला परेको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडासंग गरेको सम्झौता अनुसार भएको अध्ययनको निष्कर्ष बुधबार सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, चालु आवमा डेंगुका ४२ हजार ४५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका जुनियर ईन्टोमोलोजिष्ट दिपककुमार साहले जानकारी दिए ।

डेंगुका बिरामी सबैभन्दा बढी काठमाडौंमा रहेका छ । त्यहाँ १४ हजार ५०० जना डेंगुका बिरामी फेला परेको मन्त्रालयको भनाई छ ।

प्रदेशका ५ जिल्लाको ५ सय ४७ घुरधुरीमा १ हजार ६ सय २३ पानी भएका भाँडाहरू निरीक्षण गरिएकोमा १ सय ३३ घरधुरीका १ सय ७० पानी भएका भाँडामा डेंगु फैलाउने लामखुट्टेका जिवाणु भेटिएको थियो ।

अध्ययन अनुसार डेंगु फैलाउने लामखुट्टेका जिवाणु सबैभन्दा बढी टायरमा भेटिएको थियो भने दोस्रोमा खानेपानी ट्यांकीमा पाइएको थियो । त्यस्तै, पानीका जार, पानी भरेर राखिएका ड्रम, पानीका बोतल, गमला, रेफ्रिजरेटर लगायतमा पनि फैलाउने लामखुट्टेका जिवाणु पाइएको छ । फेला परेकामध्ये ८ सय ४५ एडिस एजिप्टाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*