आज ५८ औँ रक्तसञ्चार दिवस

हेटौंडा टुडे
२०८० श्रावण १२, शुक्रबार ११:०६ गते

हेटौंडा| देशभर आज ५८ औँ रक्तसञ्चार दिवस मनाइँदैछ । हरेक वर्ष साउन १२ गते रक्तसञ्चार दिवस मनाइँदै आएको छ ।

विसं २०२३ साउन १२ गते नेपाल रक्तसञ्चार सेवा स्थापना भएको थियो । रक्तसञ्चार केन्द्रहरूले दिवसका अवसरमा रगत सङ्कलनदेखि वितरणसम्मका कार्य गर्दै आएका छन् ।

केन्द्रीय रक्तसञ्चार केन्द्रले दिवसका अवसरमा रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

केन्द्रको गत वर्षको तथ्याङ्कानुसार नेपालमा वार्षिक ४ लाख ५० हजार युनिट रगत आवश्यक पर्छ । मागको ९० प्रतिशतभन्दा बढी रगत नेपाल रेडक्रसको नेटवर्कबाट वितरण हुने केन्द्रका निर्देशक दिव्यराज पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*