हेटौडा । शुक्रवार दिउँसो खसेको पहिरोका कारण काठमाडौं जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध भएको छ । पहिरोको कारण बन्द रहेको कान्तिलोकपथ खुलाउने प्रयास भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । आज सुक्रबार २ बजेको समयमा कान्तिलोकपथ अन्तर्गत बकैया ११ आपचौर नजिक पहिरो खसेको पहिरोले सडक खण्ड अवरुद्ध भएको थियो । पहिरो खुलाउन अहिलो सडक डिभिजनको डोजर प्रयोग गरिएको घटनास्थलमा रहेका ईलाका प्रहरी कार्यालय ठिङ्गनले जनाएको छ । ।
सेयर गर्नुहोस्






















