हेटौंडा । हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथ अहिले एकतर्फि मात्र संचालनमा आएको छ । पहिरोका कारण अवरुद्ध सो सडक आज दिउसो पहिरो पन्छाएर संचालनमा ल्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार रातिको अविरल वर्षासँगै खसेको पहिरोका कारण सो सडक खण्ड अवरुद्ध भएको थियो । वर्षाका कारण कान्ति लोकपथ अन्तर्गत बकैया ११ लाम्राङमा पहिरो खसेको थियो । सडक डिभिजन कार्यालय हेटौंडाको २ वटा डोजर प्रयोग गरेर पहिरो पन्छाए पछि मात्र आज दिउसो पुन संन्चालनमा आएको थियो तर फेरी दिउसोतिर कान्तिलोक पथ ठिंगन हुदै ललितपुर जाने बाटोमा ठुलो ढुङ्गा पहिरो खस्दा बाटो एकतर्फि मात्र सुचारु रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्






















