भीमफेदीमा पहिरोका कारण ड्युटीमा खटिएका एक प्रहरीको मृत्यु, एक जना घाईते

हेटौंडा टुडे
२०८० श्रावण २६, शुक्रबार १३:१९ गते

हेटौंडा ।  मकवानपुरमा ड्युटीमा खटिएका एक जना प्रहरीको पहिरोका कारण मृत्यु भएको छ । बिहिबार गए राति पहिरोस‌गै आएको ढुङ्गाले लागी जाजरकोट घर भएका एक प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छ ।

राति ११ बजे बाघझोरा बाट डिउटि सकेर मोटरसाईकलमा भैसे फर्कने क्रममा भिमफेदि गाउँपालिका वडा नम्बर १ बुलबुलेमा पहिरोस‌गै आएको ढुङ्गाले लागि प्रहरी जवान कृति बहादुर नेपालीकोे मुत्यु भएको हो । सोहि पहिरोमा परि अर्का प्रहरी जवान सुनिल मेचे घाईते भएको  मकवानपुर प्रहरीले जनाएको छ  । मृतक नेपालि र मेचे अस्थायी प्रहरी पोष्ट भैसेमा कार्यरत प्रहरी जवान हुन ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*