भिमफेदीमा महिलाको शव भेटियो

हेटौंडा टुडे
२०८० भाद्र ८, शुक्रबार ०८:०७ गते

हेटौडा भीमफेदी गाउँपालिकामा हिजो बिहिबार एक महिलाको शव फेला परेको छ ।

भीमफेदी गाउँपालिका वडा नम्बर ८, माण्डुस्थित बागमती खोलामा खोलाबाट माण्डु हाईड्रोपावरको पानी जम्मा गरी फोहोर छुट्टयाउने इन्टेक बकेटमा करिब ३५ र ४० वर्षकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवामनपुरका प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले बताउनुयो ।

फेला परेको शवको पहिचान खुल्न नसकेको कार्कीले बताउनु भएको छ । यसअघि साउन २१ गते र  साउन २७ गते पनि सोही स्थानमा  शव फेला परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*