चितवन राष्ट्रिय निकुञ्जमा बाघ मृत फेला

हेटौंडा टुडे
२०८० मंसिर ४, सोमबार १३:५० गते

हेटौडा । भरतपुर महानगरपालिका(२७ मेघौलीस्थित राप्ती खोला किनारको हरियाली मध्यवर्ती सामुदायिक वनमा एउटा पोथी बाघ मृत फेला परेको छ ।उक्त बाघ अन्दाजी सात वर्षको रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।शरीरका विभिन्न ठाउँमा घाउहरू रहेको उक्त बाघ एकापसमा जुधेर मरेको हुन सक्ने तिवारीले बताए । बाघ दुर्लभ वन्यजन्तु हो । पछिल्लो सर्वेक्षण अनुसार देशभरका वनक्षेत्रमा ३५५ बाघ छन् । चितवन निकुञ्ज र यस आसपासका वन क्षेत्रमा सबैभन्दा धेरै १२८ बाघ छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*