पोलेको अम्बा खानुका फाइदै फाइदा

हेटौंडा टुडे
२०८१ फाल्गुन १६, शुक्रबार १३:२६ गते

शरीरलाई स्वस्थ राख्नको लागि सबै भन्दा पहिला खानपानमा विशेष ध्यान दिनु धेरै आवश्यक छ। राम्रो स्वास्थ्यको लागि, मानिसहरूले आफ्नो आहारमा पौष्टिक खानाहरू समावेश गर्नुपर्छ, यसका साथै विभिन्न प्रकारका फलफूलहरू पनि खानुपर्छ।

अम्बाको फल खान सबैलाई मन पनि पर्छ किनकी यो खान पनि मज्जा आउछ। अम्बाको भित्र साना साना दाना हुन्छ जुन खादा कुटुकुटु आउछ। त्यसैगरी स्वादको अलावा, अम्बा स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक छ। अम्बाले स्वास्थ्यलाई राम्रो राख्छ, यो पोषक तत्वले भरिपूर्ण हुन्छ। अम्बामा पर्याप्त मात्रामा भिटामिन सी, एन्टिअक्सिडेन्ट, भिटामिन ए, भिटामिन बी र भिटामिन ई पाइन्छ। धेरैजसो मानिसहरूले अम्बा यतिकै खान्छन् तर यदि यसलाई पोलेर खायो भने यो अझ बढी फाइदाजनक हुन्छ।

पोलेको अम्बा खानुका फाइदाहरू

अम्बा त्यसै खाने गरिन्छ तर पनि पोलेको अम्बा खान धेरै स्वादिष्ट हुन्छ र यस्ले स्वास्थ्य लाइ पनि राम्रो गर्छ । अम्बामा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ। यसमा फाइबर, एन्टिअक्सिडेन्ट, भिटामिन ए, भिटामिन सी, पोटासियम, तामा र म्याङ्गनीज जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ।

पोलेको अम्बामा फाइबर पनि हुन्छ। यसले पाचन प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ। यसलाई खाँदा ग्यास, एसिडिटी र अपच जस्ता पेटको समस्याबाट राहत मिल्छ। अम्बामा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ। यो खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ। यसले शरीरमा संक्रमणको जोखिमलाई रोक्छ। त्यसैगरी हड्डीका लागि पनि यो धेरै फाइदाजनक छन्। यसलाई खाँदा हड्डी बलियो हुन्छ र जोर्नी दुख्ने समस्याबाट राहत मिल्छ।

पोलेको अम्बाको ग्लाइसेमिक इन्डेक्स कम हुन्छ। यसले रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्छ। यो मधुमेह रोगीहरूको लागि रामबाण औषधि हो। पोलेको अम्बामा पोटासियम र म्याग्नेसियम जस्ता खनिज पदार्थ पाइन्छ। यिनीहरूले मुटुलाई स्वस्थ राख्छन्। यो खाँदा खराब कोलेस्ट्रोल नियन्त्रणमा रहन्छ। त्यसका साथै पोलेको अम्बाले चिसो र खोकीबाट राहत दिन्छ। अम्बाको प्रकृति सामान्यतया चिसो हुन्छ। यस्तो अवस्थामा पोलेको अम्बा खानु स्वास्थ्यको लागि राम्रो हुन्छ।जाडोमा पोलेको अम्बा खाँदा रुघाखोकी जस्ता समस्याबाट बच्न सकिन्छ।

पोलेको अम्बा खाँदा शरीरको कमजोरी र थकान हट्छ। यदि तपाईंलाई भोक कम लाग्छ भने भुटेको अम्बा खानु धेरै फाइदाजनक हुन सक्छ। पोलेको अम्बा खाँदा भोक बढ्छ। त्यसैगरी अम्बामा पाइने भिटामिन र एन्टिअक्सिडेन्ट तपाईंको छालाको लागि फाइदाजनक हुन सक्छ। यसमा भएको एन्टिअक्सिडेन्टले तपाईंको छालालाई क्षतिबाट जोगाउन सक्छ, जसले यसको बुढ्यौली प्रक्रियालाई ढिलो गर्न सक्छ, चाउरीपना रोक्न मद्दत गर्दछ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*