मानसिक स्वास्थ्यका लागि फागुन २४ गते ‘म्युजिक फर कज’

हेटौंडा टुडे
२०८१ फाल्गुन २१, बुधबार १०:४२ गते

हेटौंडा । संगीतले मानिसहरुलाइ आनन्दित बनाउदछ। तनाबको बेला पनि त्यस्तै खाल्का सगिंत सुन्दा पनि हामीहरुलाइ उत्प्रेरणा मिल्छ। त्यसैगरी मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउँदै संगीतको माध्यमबाट स्रोताहरुलाई आनन्दित बनाउन हेटौंडामा ‘म्युजिक फर कज’ कार्यक्रमको आयोजना हुने भएको छ ।

यही फागुन २४ गते शनिबार हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा कार्यक्रमको आयोजना गर्न लागिएको हो । मिस्टर नेपाल २०२४ का सेकेन्ड रनरअप भएका मकवानपुरका आयुष बम्जनको अगुवाईमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा एकसय जना बाद्यवाधकले सामुहिक रुपमा आफ्नो प्रश्तुती दिनेछन् । ‘हामीले मेन्टल हेल्थ अवार्नेसका लागि म्युजिक फर कज कार्यक्रमको आयोजना गर्न लागेका हौं’, बम्जनले भने, ‘यस कार्यक्रमको माध्यमबाट हेटौंडाको नामलाई थप परिचित बनाउनुका साथै सामाजिक कार्य गर्ने हाम्रो उद्देश्य हो ।’ गीत संगीतले सबैलाई राम्रो हुने भएकोले मानसिक स्वास्थ्यको विषयमा सचेतना फैलाउन यो कार्यक्रम गरिएको उनले बताए । कार्यक्रमबाट पैसा कमाउने उद्देश्य नरहेको प्रष्ट पार्दै उनले बचेको रकम हेटौंडा १५ मा रहेको बृद्धाश्रमलाई सहयोग गरिने जानकारी दिए । कार्यक्रममा सहभागी हुने बाद्यवाधक सँग नै २ सयका दरले रकम संकलन गरिएको छ ।

हेटौंडा बाहिरबाट समेत १८ जना बाद्यबाधक कार्यक्रममा सहभागी हुन आउनेछन् । ‘यो कार्यक्रमको परिकल्पना म आफैंले गरेको हुँ । कार्यक्रममा प्रश्तुती दिने बाद्यबाधक सँग नै २ सयका दरले रकम संकलन गर्दैछौं । वहाँहरुलाई थप उत्तरदायी बनाउनका लागि यसो गरेका हौं’, बम्जनले थपे, ‘यसमा हामीलाई विभिन्न व्यक्तिसहित हेटौंडा उपमहानगरपालिकाले पनि केही सहयोग गरेको छ ।’ कार्यक्रममा सहभागी हुन चाहनेका लागि निशुल्क प्रवेशको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । आयोजक टिममा सामुयल भोलन, निश्चल मानन्धर लगायत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*