हेटौंडा । अहिले यो समयमा धेरे वनहरुमा आगलागि हुने गर्दछ। त्यसैगरी हेटौंडा ५ पिप्लेमा अवस्थित पिप्लेपोखरा सामूदायिक वन उपभोक्ता समितिले वन क्षेत्रमा आगालागीबाट जोगाउन अग्निरेखा निर्माण कार्य सुरु गरेको छ । फागुन चैत्र देखी बैशाख सम्म हावाहुरी चलनुका साथै आगलागीको उच्च जोखिम समय रहेकाले वन क्षेत्रमा अग्निरेखा तयार पारिएको वन समूहका अध्यक्ष रामहरि चौलागाईले बताए ।
हामीले तालिम प्राप्त पाँच जना अग्नि सुरक्षाकर्मी मार्फत अग्निरेखा निर्माण गरेका छौं, अध्यक्ष चौलागाईले भने । वनको ८ स्थानमा रेखा बनाउने कार्यभइरहेको छ । हेटौंडा सिचाईकुना मनकामनाजाने बाटोदेखी पुर्वी न्यूरेनी सामूदायिक वनको सिमाना सम्मको क्षेत्रमा अग्निरेखा तयार गरिदैँ आएको उनले बताए । एक साता देखी निर्माण कार्य सुरु भएको अझै १० दिन लाग्ने अध्यक्ष चौलागाईले बताए ।
अग्निरेखा निर्माण क्षेत्रको फडानी कार्य सके लगत्तै सोही स्थानमा रहेका पत्करहरु संकलन गरि जलाइने र अग्निरेखा तयार पार्ने उनले बताए । वन क्षेत्रमा विभिन्न स्थानहरुमा गोरेटो बाटो प्रशस्तै रहेकाले चुरोट खाएर वा सलाइ बालेर फ्याक्ने गरेकाले अधिकांश उक्त गोरेटो क्षेत्रमा अग्निरेखा बनाएका छौं, उपभोक्ता वा बटुवाहरुलाई समेत सचेत गराउँदै आएता पनि हावाहुरी र सुकेका पत्करका कारण आगलागीको जोखिम बढ्ने उनले बताए ।






















